नेपाली भाषा

चीनमा प्रजातान्त्रिक दलहरु

   

चीनमा चिनियाँ कम्युनिष्ट पार्टी बाहेक समष्टिगत रुपमा प्रजातान्त्रिक दलहरु भनेर चिनिएका 8 वटा राजनीतिक पार्टीहरु पनि छन् । तिनीहरु हुन्: चीन कोमिन्ताङ क्रान्तिकारी समिति, चीन प्रजातान्त्रिक दल, चीन प्रजातान्त्रिक राष्ट्र-निर्माण संघ, प्रजातन्त्र प्रवर्द्धन हेतु चीन संघ, चिनियाँ किसान-मजदूर प्रजातान्त्रिक पार्टी, चीन च-कुङ ताङ, चिउ-सान समाज तथा थाइवान प्रजातान्त्रिक स्वशासन लीग। यिनीहरु धेरैजसो जापानी आक्रमण विरोधी युद्ध र राष्ट्रिय मुक्ति युद्धताका क्रमशः निर्मित र विकसित भएरआएका हुन्। यी प्रजातान्त्रिक दलहरु राजनीतिक क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वको समर्थन गर्दछन् र यो कम्युनिष्ट पार्टीसित दीर्घकालीन सहयोग र साझा संघर्षको प्रक्रियामा तिनले गरेको ऐतिहासिक विकल्प हो। ती सबै प्रजातान्त्रिक दलहरु संविधानको निर्धारित हदभित्र राजनीतिक स्वतन्त्रता, संगठनात्मक स्वाधीनता एवम् वैधानिक स्थानको समानताको उपभोग गर्न पाउँछन्। चिनियाँ कम्युनिष्ट पार्टी तथा विभिन्न प्रजातान्त्रिक दलहरु बीच सहयोग गर्नका लागि मौलिक नीति हो- लामो समयदेखिको सह-अस्तित्व, एक-अर्काको अनुगमन, खुला व्यवहार र मान-अपमानको सहभोग"।

यी सबै प्रजातान्त्रिक दलहरु न त सत्ताहीन पार्टी हुन्, न त विरोधी पार्टी नै। तिनीहरु राज-कार्यका सहभागी पार्टी हुन्। अहिले चीनका जन-कांग्रेसको स्थायी समिति, राजनीतिक परामर्शदात्री सम्मेलनको समिति, सरकारी संस्था र अर्थतन्त्र, संस्कृति, शिक्षा तथा विज्ञान-प्रविधि जस्ता क्षेत्रका विभिन्न तहका कार्यालयहरुमा ती प्रजातान्त्रिक दलका निकै सदस्यहरुले नेतृत्वदायी जिम्मेवारी वहन गरिरहनुभएको पाइन्छ। उदाहरणका लागि भनौं सम्बन्धित आठवटा प्रजातान्त्रिक दलका वर्तमान केन्द्रीय समिति अध्यक्षहरुले राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्ष अथवा चीन जन-राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्षको पद सम्भालिरहनुभएको छ। यसका साथै विभिन्न प्रजातान्त्रिक दलहरुमा सदस्यहरुको संख्यामा ठूलो वृद्धि भएको छ अनि विभिन्न प्रान्त, स्वायत्त प्रदेश एवम् केन्द्रशासित शहर तथा विभिन्न ठूला र मझौला शहरहरुमा समेत प्रजातान्त्रिक दलहरुका स्थानीय अंग र आधारभूत अंग स्थापना गरिएका छन्। सन् 2011सम्म विभिन्न प्रजातान्त्रिक दलका सदस्यहरुको संख्या आठ लाखभन्दा बढी छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान