नेपाली भाषा

चिनियाँ कम्युनिष्ट पार्टी

   

चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ मजदूर वर्गको अग्रज दल हो। साथै त्यो चिनियाँ जनता र चिनियाँ जातिको पथ-प्रदर्शक दल पनि हो। त्यो चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था स्थापनाको दिशामा गरिने कार्यको नेतृत्वदायी अंग हो। त्यसले चीनको उन्नतशील उत्पादन शक्तिको विकासको आवश्यकता, चीनको अग्रगामी साँस्कृतिक दिशा र आम चिनियाँ जनताको मौलिक हितको प्रतिनिधित्व गर्दछ ।चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च आदर्श र अन्तिम लक्ष्य साम्यवादी व्यवस्था स्थापनाको उद्देश्यलाई साकार तुल्याउनु हो । पार्टीको विधानमा तोकिएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवाद-लेनिनवाद, माओ च तोंग विचारधारा, तंग स्याउ फिंगको सिद्धान्त तथा तीनवटा प्रतिनिधित्वको महत्वपूर्ण विचारलाई आफ्नो कार्य-निर्देशकका रुपमा लिएको छ ।सन् 1921 को जूलाइमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो। सन् 1921 देखि सन् 1949 सम्म चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गरी कठोर संघर्षको परिणामस्वरुप साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूंजिवादको शासनलाई पल्टाएर जन गणतन्त्र चीनको स्थापना गरेको हो । नयाँ चीनको स्थापनापछि चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रभरिका विभिन्न जातिका बासिन्दाको नेतृत्व गरी राष्ट्रको स्वतन्त्रता र सुरक्षाको संरक्षण गरेको छ, चिनियाँ समाजलाई नयाँ जनवादबाट समाजवादसम्म सफलताका साथ परिवर्तन गरेको छ र योजनाबद्ध र ठूलो परिमाणको समाजवादी समाजको निर्माण गरेको छ । यसको फलस्वरुप चीनको आर्थिक तथा सांस्कृतिक विकास कार्यले इतिहासमा कहिल्यै नभएको अनुपम सफलता पाएको छ ।सन् 1956 मा उत्पादन सामग्रीहरुको निजी स्वामित्वप्रतिको समाजवादी सुधार आधारभूत रुपमा पूरा भएपछि अनुभवको अभावले गर्दा चिनियाँ कम्युनिष्ट पार्टीले समाजवादी समाज निर्माण कार्यको नेतृत्वका क्रममा केही गलती पनि गरेको थियो । सन् 1966 देखि 1976 सम्म महान सांस्कृतिक क्रान्तिका कारण चिनियाँ समाजले दीर्घकालीन गम्भीर भूलको शिकार हुनुपरेको थियो ।सन् 1976 को अक्टोबरमा महान सांस्कृतिक क्रान्ति समाप्त भयो र चीन नयाँ ऐतिहासिक विकासको अवधिमा प्रवेश गर्‍यो । सन् 1978 को अन्त्यतिर आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको 11 औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चिनियाँ समाजलाई नयाँ चीनको स्थापनादेखि यताको महत्वपूर्ण र गम्भीर अर्थ रहेको महान् मोडमा पुर्‍यायो । सन् 1979 देखि चिनियाँ कम्युनिष्ट पार्टीले श्री तंग स्याउ फिंगबाट प्रस्तावित सुधार र खुलापनको नीति लागू गर्नथालेको थियो । सुधार र खुलापनको नीति लागू भएदेखि यता चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासले पनि संसारको ध्यान आकर्षित गर्नेखालको उपलव्धि हासिल गरेको छ र चीनको मुहारमा पनि आकाश-पातालको परिवर्तन देखा परेको छ । यो अवधि नयाँ चीनको स्थापना भएदेखिको सबैभन्दा राम्रो, अथवा श्वर्ण अवधि हो । र यो चिनियाँ जनताले सबैभन्दा बढी सुविधा पाएका अवधि पनि हो।चिनियाँ कम्युनिष्ट पार्टीले सक्रियताका साथ परराष्ट्र सम्बन्धको विकास गर्ने धारणा लिएको छ र चीनको सुधार र खुलापन तथा चीनको आधुनिकीकरणको निर्माणका लागि अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गर्ने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय मामिलामा चिनियाँ कम्युनिष्ट पार्टीले स्वतन्त्र र स्वावलम्वी अनि शान्तिपूर्ण परराष्ट्र नीतिको अवलम्वन गरेको छ । यसै नीतिमा अडिग रहेर चिनियाँ कम्युनिष्ट पार्टीले चीनको स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण गरिरहेको छ, प्रभुत्ववाद र शक्तिको राजनीतिको विरोध गरिरहेको छ, विश्वमा शान्तिको संरक्षण गरिरहेको छ र मानवजातिको प्रगतिलाई अघि बढाउन सहयोग गरिरहेको छ । एक-अर्काको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको सम्मान गर्ने, एक-अर्का देशमाथि आक्रमण नगर्ने, एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सह-अस्तित्वका पाँचवटा सिद्धान्तमा आधारित भै चीन विश्वका सबै मुलुकहरुसितको सम्बन्धको विकास गर्दछ । स्वतन्त्र र स्वावलम्वी, पूर्ण समानता, आपसी सम्मान र एक-अर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चारवटा सिद्धान्तका आधारमा चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न मुलुकका पार्टीहरुसँग मैत्रीपूर्ण सम्बन्धको स्थापना र विकास गरेको छ । हाल चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका 120 वटाभन्दा बढी मुलुकका 300 वटाभन्दा बढी राजनैतिक पार्टीसित मैत्रीपूर्ण सम्पर्क कायम राखेको छ ।चिनियाँ कम्युनिष्ट पार्टी आफ्नो कार्यक्रम तथा विधानमा आधारित भै प्रजातान्त्रिक सिद्धान्त अनुसार संगठित एकीकृत पूर्ण इकाइ हो । "चिनियाँ कम्युनिष्ट पार्टीको विधान "मा तोकिएअनुसार, 18 वर्ष उमेर पुगेका चिनियाँ मजदूर, किसान, सैनिक, बुद्धिजिवी तथा अन्य सामाजिक क्षेत्रका अग्रसर व्यक्तित्व, पार्टीको कार्यक्रम र विधानलाई मान्यता दिने पार्टीको एक निकायमा भाग लिने र त्यस निकायमा सक्रियताका साथ काम गर्ने इच्छा लिने र पार्टीको निर्णय लागू गर्ने तथा समयमै मासिक शूल्क तिर्ने शर्तमा चिनियाँ कम्युनिष्ट पार्टीमा सदस्यताका लागि दरखास्त गर्न सक्नेछन् ।चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या सात करोड छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङ्ग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक व्यूरोका स्थायी सदस्य:सी चिन फिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग त च्याङ्ग, यु चङ्ग शङ्ग, लीउ युन शान, वाङ्ग छि शान, चाङ्ग काउ लि

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान