नेपाली भाषा

राजनीतिक व्यवस्था

   

बहुपार्टी सहयोग र राजनैतिक परामर्शदात्री व्यवस्था

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनैतिक परामर्श सम्बन्धी व्यवस्था चीनको एउटा आधारभूत राजनैतिक व्यवस्था हो।

चीन एउटा बहुपार्टीयुक्त राजनीतिक व्यवस्था भएको मुलुक हो। चीनमा सत्तारुढ दल अर्थात् चिनियाँ कम्युनिष्ट पार्टी बाहेक आठवटा प्रजातन्त्रिक पार्टी छन्। यी प्रजातन्त्रिक पार्टीहरु नयाँ चीन स्थापना हुनुअघिदेखि अस्तित्वमा छन्। तिनीहरु राजनीतिक क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वको समर्थन गर्छन्। यो उनीहरुले कम्युनिष्ट पार्टीसँग लामो समयसम्म सहयोग गर्ने र संयुक्त रुपमा मिलेर काम गर्ने दिशामा गरेको ऐतिहासिक छनौट हो। चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातन्त्रिक पार्टीहरुले आफ्ना गतिबिधिको मूलभूत आधार संविधानलाई बनाउनुपर्छ। प्रत्येक प्रजातान्त्रिक पार्टी एक अलग संगठन हो। यिनीहरु संविधानको परिधिमा राजनैतिक स्वतन्त्रता, अलग संगठन र समान कानूनी स्थानको उपभोग गर्छन्। चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातान्त्रिक पार्टीहरु बीच सहयोगको आधारभूत कार्यनीति "सँगसँगै मिलेर एकले अर्काको अनुगमन गर्नु, एकले अर्कालाई सहयोग गर्नु र राम्रो र नराम्रो दुबै कुराका लागि सामूहिक जिम्मेवारी वहन गर्नु" हो।

चीनका विभिन्न प्रजातान्त्रिक पार्टीहरु सत्ताहिन पार्टी वा विरोधी पार्टी नभई देशका महत्वपूर्ण मामिलामा सहभागी हुने पार्टी हुन्। यिनीहरुले देशका महत्वपूर्ण मामिलामा सहभागिता जनाउने आधारभूत विषयहरुमा मुलुकको महत्वपुर्ण नीति र कार्यनीति तथा देशका नेतागणहरुका लागि उम्मेदवार चयन गर्ने सम्बन्धी विचार-विमर्श, राष्ट्रिय मामिलाको सञ्चालन कार्य र राष्ट्रिय कार्य-नीति, नीति र नियम-कानूनहरुको कार्यान्वयनमा भाग लिने आदि कार्य समावेश छन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान