नेपाली भाषा

राजनीतिक व्यवस्था

   

हरेक वर्ष आयोजित हुने जन-कांग्रेसको वार्षिक सम्मेलनमा प्रतिनिधिहरुले सरकारी कार्य-प्रतिवेदन र अन्य महत्वपूर्ण प्रतिवेदनको सुनुवाइ गर्दछन्। उनीहरुले यी प्रतिवेदनको लेखाजोखा गर्नुका साथै सम्बन्धित निर्णय-प्रस्ताव पनि प्रस्तुत गर्दछन्। त्यस अवधिमा सम्मेलन नहुने दिनमा विभिन्न तहका जन-कांग्रेसको स्थायी संस्था अर्थात जन- कांग्रेसको स्थायी समितिले कांग्रेसद्बारा दिइएको अधिकारको कार्यान्वयन गर्दछ। जस्तै: राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिको हक-अधिकारका बारेमा संविधानको व्याख्या गर्ने, संविधानको कार्यान्वयनको अनुगमन गर्ने, पूर्ण बैठकद्बारा तर्जुमा गरिएका कानून बाहेक अरु कानूनहरुको तर्जुमा र संशोधन गर्ने र राष्ट्रिय जन-कांग्रेसप्रति जिम्मेवार हुने र त्यससमक्ष कार्य-प्रतिवेदन पेश गर्ने आदि विषयहरु समावेश छन्।

चीनको राष्ट्रिय जन-कांग्रेसको आधारभूत अधिकारमा कानून निर्माणको अधिकार, अनुगमनको अधिकार, महत्वपूर्ण घटना सम्बन्धमा निर्णयको अधिकार र महत्वपूर्ण पदहरुमा नियुक्ति र पदच्युतीको अधिकार आदि समावेश छन्। चीनमा, केही अवधिसम्मको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकास सम्बन्धी योजनाको तर्जुमा चीनको सामाजिक विकासलाई अघि बढाउनका लागि महत्वपूर्ण आधार बनिसकेको छ। तर यी योजनाहरुले राष्ट्रिय जन-कांग्रेसमा पारित गरिएपछि मात्र कानूनी आधार प्राप्त गर्नसक्दछन्। चीनको कानूनमा भनिएको छ: चीनका मुख्य नेताहरुको नियुक्ति जस्तै: राष्ट्राध्यक्ष र राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका अध्यक्ष आदि पदका लागि व्यक्तिको नियुक्ति राष्ट्रिय जन-कांग्रेससमक्ष पेश गरिएपछि निर्वाचनमार्फत हुनसक्नेछ। राज्य परिषद्का प्रधानमन्त्री र विभिन्न मन्त्रीहरुको नियुक्ति पनि राष्ट्रिय जन- कांग्रेससमक्ष पेश गरिएपछि मात्र हुनसक्नेछ। राष्ट्रिय जन-कांग्रेसले निश्चित प्रक्रियामार्फत राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका अध्यक्ष, राष्ट्राध्यक्ष, राज्य परिषद्का प्रधानमन्त्री आदि देशका नेतागणलाई पदच्युत गर्ने सम्बन्धी प्रस्ताव पनि प्रस्तुत गर्नसक्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान