नेपाली भाषा

राजनीतिक व्यवस्था

   

चीनको वर्तमान संविधान सन् 1982 को डिसेम्बर महिनाको चार तारिखका दिन चीनको पाँचौं राष्ट्रिय जन-कांग्रेसको पाँचौं सम्मेलनमा पारित भएपछि लागू गरिएको हो। यो संविधानको निर्माण सन् 1954को संविधानका आधारमा गरिएको हो। त्यसमा चीनको समाजवादी विकासको अनुभवको निचोड निकाल्नुका साथै अन्तर्राष्ट्रिय अनुभव पनि समेटिएको छ। यो संविधान चीनको विशेषतायुक्त र चीनको समाजवादी आधुनिकीकरणको निर्माणको आवश्यकता अनुकूलको एउटा मूलभूत कानून हो। त्यसमा जन गणतन्त्र चीनको राजनैतिक व्यवस्था, आर्थिक व्यवस्था, नागरिकको अधिकार र कर्तव्य, राष्ट्रिय संस्थाको गठन र त्यसको जिम्मेवारी सम्बन्धी परिधि र भविष्यमा देशका मूलभूत कार्यभार आदि विषयहरु समावेश छ्न्। त्यसका मूलभूत विशेषतामा चीनको आधारभूत राजनीतिक व्यवस्था र सरकारको कार्यभार तोकिनु, चारवटा आधारभूत सिद्धान्त र सुधार तथा खुलापनका आधारभूत कार्य-नीतिलाई निश्चित गरिनु रहेका छन। त्यसमा सारा देशका विभिन्न जातिका जनता र सबै संगठनले आफ्ना गतिविधिका क्रममा संविधानलाई आधारभूत सिद्धान्तको रुपमा स्वीकार गर्नुपर्ने र कुनै पनि संगठन वा व्यक्तिलाई संविधान र कानूनको परिधिभन्दा बाहिर जाने वा तीनको उल्लंघन गर्ने विशेष अधिकार नभएको कुरा उल्लेख गरिएको छ।

यस संविधानमा प्राक्कथन, मुख्य कार्यक्रम, नागरिकका आधारभूत अधिकार र कर्तव्य, राष्ट्रिय संस्था, राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह र राजधानी गरी पाँचवटा भाग समावेश छन। त्यसमा जम्मा चार अध्याय, 138 बुँदा छन्। यो संविधान लागू भएदेखि यता, चीनले संविधानलाई निरन्तर रुपमा पूर्णता दिलाउनका लागि त्यसमा चार पटक संशोधन गरिसकेको छ।

राष्ट्रिय जन-कांग्रेस सम्बन्धी व्यवस्था

 राष्ट्रिय जन-कांग्रेस सम्बन्धी व्यवस्था चीनको मूलभूत राजनैतिक व्यवस्था, चिनियाँ जनताद्बारा नै प्रजातान्त्रिक शासन पद्धति र चीनको राजनैतिक व्यवस्था हो। यो पश्चिमी जगतमा "तीनवटा अधिकार" छुट्टा-छुट्टै निकायमा निहित हुने व्यवस्था रहेको संसद भन्दा फरक छ। चीनको संविधानमा राष्ट्रिय जन-कांग्रेसलाई देशको सर्वोच्च आधिकारिक संस्थाको रुपमा स्थापित गरिएको छ। चीनमा अठार वर्ष उमेर पुगेका नागरिकहरुमा आफ्ना प्रतिनिधि छान्ने वा आफै निर्वाचित हुनका लागि उमेदवार बन्ने अधिकार छ। चीनका विभिन्न तहका जन-कांग्रेसहरुमध्ये गाउँ र जिल्ला स्तरीय प्रतिनिधिहरुको निर्वाचन प्रत्यक्ष निर्वाचनका आधारमा गरिने व्यवस्था छ। यसभन्दा माथिल्ला तहका प्रतिनिधिहरुको निर्वाचन भने अप्रत्यक्ष रुपमा गरिने चलन छ। चिनियाँ राष्ट्रिय जन-कांग्रेसमा चीनका विभिन्न प्रान्त, स्वायत्त प्रदेश र केन्द्रशाशित शहर र सेनाका प्रतिनिधिहरु रहने व्यवस्था छ। विभिन्न तहका जन-कांग्रेसको कार्यावधि पाँच वर्षको हुन्छ। ती जन-प्रतिनिधिहरुको पूर्ण राष्ट्रिय सम्मेलनको आयोजना हरेक वर्ष एक पटक गरिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान