नेपाली भाषा

श्रोतसाधन

   

◆गौचरण क्षेत्र :

चीनमा 26 करोड 60 लाख 60 हजार हेक्टर क्षेत्रफल ओगटेका गौचरण क्षेत्र छन्। तिनमा सप्रने-हुर्कने घाँसहरु विविध जातका छन्। यसबाट सबै किसिमका गाई-वस्तु र पशु-पंक्षीहरुलाई विभिन्न ऋतुमा चराउन सजिलो भएको छ । चीनको गौचरण क्षेत्रको क्षेत्रफलले मुलुकको कुल क्षेत्रफलको झण्डै एक चौथाई ठाउँ ओगटेको छ । चीन विश्वमा घाँसे मैदानको क्षेत्रफल सबैभन्दा बढी भएका ठूला मुलुकहरुमध्येको एक हो। चीनका प्राकृतिक गौचरण क्षेत्रहरु मुख्यतया ता सिँग आन लिँग पर्वत-यिँग शान पर्वत-छिँग हाई तिब्बत टारभूमिको पूर्वपट्टिदेखि व्यापक पश्चिमी र उत्तरी क्षेत्रमा छरिएर रहेका छन् भने कृत्रिम गौचरण क्षेत्र दक्षिण पूर्वी भागमा परेका छन्, जुन खेत-जग्गा र वन क्षेत्रहरुसँग एक-अर्कासँग जोडिएर फैलिएका छन्।

चीनका गौचरण क्षेत्रहरुमध्येमा, खासगरी भित्री मंगोलिया स्वायत्त प्रदेशको गौचरण क्षेत्र चीनको सबैभन्दा ठूलो गौचरण क्षेत्र हो। त्यहाँका वरिष्ठ पशुका जातहरुमा सान ह घोडा र सान ह गाई-गोरु रहेका छन्। सिँग च्याङ्ग-युगूर स्वायत्त प्रदेशको गौचरण क्षेत्रका वरिष्ठ पशुका जातहरुमा सिँग च्याङ्ग मसिनो रौँ भएको भेडा、आरथाई ठूलो पुच्छरे भेडा र इली घोडा आदि हुन्। छिँग हाई प्रान्तको गौचरण क्षेत्रमा खासगरी चौँरी गाई पाइन्छ साथै देश विदेशमा नाउँ कमाएको ह छ्यु घोडा पनि पाइन्छ। र तिब्बती गौचरण क्षेत्र चौँरी गाई पाल्ने मुख्य क्षेत्र हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान