नेपाली भाषा

श्रोतसाधन

   

◆वन-जंगल:

चीनमा हाल वन-जंगलको क्षेत्रफल 15 करोड 89 लाख 40 हजार हेक्टर छ र वनले ढाकेको क्षेत्रफल 16.55 प्रतिशत छ। यसैले चीनलाई वन-जंगल कम भएको मुलुक मानिन्छ । विश्वमा सरदर वनले ढाकेको क्षेत्रफल 30.8 प्रतिशत रहेकोमा त्यससित दाँजी हेर्दा ठूलो अन्तर देखिन्छ। चीनको प्राकृतिक वन प्रायजसो उत्तर-पूर्वी र दक्षिण-पश्चिमी क्षेत्रमा फैलिएका छन्। तर घना जनसंख्या भएको र आर्थिक दृष्टिबाट हेर्दा विकसित रहेको पूर्वी तराई क्षेत्र तथा फराकिलो उत्तर-पूर्वी भागमा भने वन-जंगल एकदमै फाटफुट र थोरै छ।

चीनका वनहरुमा रुखहरुका जात प्रशस्त र किसिम-किसिमका छन्। खालि डालेखालका ठूला रुखहरुका मात्र दुइ हजार 800 जातहरु छन्। बहुमूल्य र विशेष उपयोगी रुखहरुमध्ये पंखा आकारका पात हुने र खासगरी चीन र जापानमा मात्र पाइने जिंको नामको वृक्ष, मेटासेक्वा, ग्लीप्टोस्ट्रोबोइद आदि छन्। वातावरणको संरक्षण गर्न र आर्थिक निर्माणको आवश्यकतालाई पूरा गर्नका लागि चीनले लगातार रुपमा ठूलो पैमानाको वृक्षारोपण कार्यक्रम चलाउँदै आएको छ। हालसम्ममा चीनले कृत्रिम रुपबाट हुर्काएको वनको क्षेत्रफल 3 करोड 37 लाख 90 हजार हेक्टर पुगिसकेको छ। यसले गर्दा चीन अब विश्वमा कृत्रिम वनको क्षेत्रफल सबैभन्दा ठूलो रहेको देश बन्न पुगेको छ।

चीनका मुख्य वन क्षेत्रहरुमध्येमा उत्तर पूर्वी वन क्षेत्र, त्यसमा ता सिँग आन लिँग पर्वत、स्याओ सिँग आन लिँग पर्वत र छाङ्ग पाई शान पर्वतका वन क्षेत्र समावेश छन्। दक्षिण-पश्चिमी वन क्षेत्र, त्यसमा हङ्ग तुआन शान पर्वत、हिमालय पर्वत र यालुचाङ्गपु च्याङ्ग नदीको घुमाउरा मोडका वन क्षेत्रहरु पर्दछन्, जुन चीनको दोश्रो ठूलो प्राकृतिक वन क्षेत्र हो। दक्षिण-पूर्वी वन क्षेत्र, यसमा छिँग लिँग पर्वत र व्हाई ह नदीदेखि दक्षिणतिर र युन नान व्कै चौ प्रान्तमा अवस्थित युन व्कै टारभूमिदेखि पूर्वतिरका फराकिलो डाँडाकाँडाका वन क्षेत्र समावेश छन्, जुन चीनको मुख्य कृत्रिम वन क्षेत्र मानिन्छ। यसका अतिरिक्त, चीनमा रक्षाको कामका लागि लगाइएको विशाल र फराकिलो वन प्रणाली तयार भएको छ। जस्तै उदाहरणका लागि उत्तर-पूर्वी、उत्तरी र उत्तर पश्चिमी चीनलाई ढाक्ने 7 हजार किलोमीटर लामो रक्षा वन पेटीको परिधि करीब 26 करोड हेक्टर छ, जसले चीनको स्थल क्षेत्रफलको एक चौथाई ठाउँ ओगटेको छ र यसलाई "विश्वको सबैभन्दा ठूलो पर्यावरणीय परियोजना" मानिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान