नेपाली भाषा

श्रोतसाधन

   

चीनको प्रादेशिक भूखण्ड निकै फराकिलो छ। भू-श्रोतसाधन निकै विविधतापूर्ण छ। यहाँ खन-जोत गर्न योग्य खेत-जग्गा、वन-जंगल、गौचर क्षेत्र、बाँझो जमीन、मरुभूमि र बगर ठूलो क्षेत्रफलमा छरिएर रहेका छन्। तर चीनमा पहाडी भेग बढी र तराई क्षेत्र कम रहेको हुँदा खेतीपातीको जग्गा र वन-जंगलले लिएको अनुपात सानो रहेको देखिन्छ। विभिन्न किसिमका भू-श्रोत साधनहरुको विभाजन पनि असन्तुलित छ। खेत-जग्गा मुख्यत: मनसुनी हावा चल्ने पूर्वी भागको तराई क्षेत्र र भञ्याङमा केन्द्रित रहेको छ भने वन-जंगल प्रायजसो उत्तर-पूर्वी र दक्षिण-पश्चिमी भेगको सुदूर सीमावर्ती पहाडी क्षेत्रमा बढी पाइन्छन्। गौचर-मैदानहरु भने, खास गरी भित्री प्रदेशको टारभूमि र पहाडी भेगमा छरिएर रहेका छन्।

◆खेतजग्गा:

चीनमा हाल खेतीपाती गर्न लायक खेत-जग्गाहरुको क्षेत्रफल 12 लाख 7 हजार वर्गकिलोमीटर छ। पूर्वी、मध्य र पश्चिमी क्षेत्र गरी विभाजित गर्ने हो भने पूर्वी र पश्चिमी भागमा खेत-जग्गाको क्षेत्रफल अपेक्षाकृत थोरै छ, जसले 28.4 प्रतिशत मात्र ठाउँ ओगटेको छ । मध्य भागमा भने त्यसप्रकारको भू-भागको क्षेत्रफल तुलनात्मक रुपम बढी छ । त्यहाँको खेत-जग्गाको क्षेत्रफलले 43.2 प्रतिशत ठाउँ ओगटेको छ। खेत-जग्गाहरु सापेक्ष रुपमा उत्तर-पूर्वी तराई क्षेत्र、उत्तरी क्षेत्र、याँग सी नदी वहाव क्षेत्रको मध्य र तल्लो भागमा पर्ने तराई क्षेत्र、चु च्याँग नदीको त्रिकोण क्षेत्र र स् छ्वान् भञ्ज्याङमा केन्द्रित रहेका छन्। उत्तर-पूर्वी तराई क्षेत्रका अधिकांश भागमा कालो र मलिलो माटो भएका कारण त्यहाँ गहुँ、मकै、जौ、भटमास、सनपाट र शखरकन्द साग उब्जाउने गरिन्छ। उत्तरी तराई क्षेत्रमा प्रायजसो खैरो माटो पाइन्छ। त्यहाँका बालीनालीहरुमा गहुँ、मकै、जौ、कपास र बदाम आदि छन्। याँग सी नदीको मध्य र तल्लो भागमा पर्ने समथर क्षेत्रमा धान、सुन्तला र तोरीको बिउ उब्जाइन्छ। स् छ्वान् भञ्ज्याङमा चाहिँ धान、तोरी、 उखु、चिया र सुन्तला प्रशस्त पाइन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान