नेपाली भाषा

पोताला दरबार

   

पोताला दरबार चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा शहरको केन्द्रमा अवस्थित होंग शान पहाडमा पर्दछ। पोताला दरबार निकै ठूलो र शानदार देखिन्छ। त्यसलाई "विश्वको सबैभन्दा अग्लो पहाडको मणी" भनिन्छ। पोताला दरबार तिब्बती जातिहरुको वास्तुको उत्कृष्ठ नमूना हुनुका साथै प्राचीन चीनका सबैभन्दा प्रसिद्ध वास्तुहरुमध्येको एक पनि हो।

पोताला दरबार तिब्बतका दलाई लामाहरुले राजनैतिक, धार्मिक गतिविधि सञ्चालन गर्ने स्थान हुनुका साथै दलाई लामाहरु बस्ने ठाउँ पनि हो जुन हालसम्म तिब्बतमा संरक्षित प्राचीनकालको सबैभन्दा ठूलो ठूलो वास्तु हो। सम्बन्धित सामग्रीमा लेखिएअनुसार, पोताला दरबारको निर्माण सातौं शताव्दीको थु पो राज्यको "सोंग चान कान बु" को शासनकालमा गरिएको थियो। त्यस बेला पोताला दरबारलाई होंग शान दरबार भनिन्थ्यो। त्यो दरबार निकै ठूलो छ। त्यसको बाहिरपट्टि तीनवटा पर्खाल छन् भने दरबार भित्र एक हजारभन्दा बढी कोठाहरु छन जुन त्यस बेलाको थु पो राज्यको राजनीतिक केन्द्र पनि थियो। नवौं शताव्दीमा थु पो राज्यको अन्त्य भएपछि तिब्बत लामो समयसम्म युद्धको अवस्थामा आइपरेको थियो। त्यसपरछि त्यस दरबारमा पहिलेको जस्तो रमाइलो वातावरण पनि रहेन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान