पैचिंगको भ्रमण गर्ने अवसर मिलेको खण्डमा तपाईंले अवश्य नै चीनको लामो पर्खाल, कु कोंग दरबार, ग्रीष्म प्रासाद र थेन थान पार्कको अवलोकन भ्रमण गर्नुपर्छ। किनकि यी पर्यटकीय स्थलहरु प्राचीन चीनको वास्तुका सर्वोत्कृष्ट प्रतिनिधित्व हुन। तीमध्ये थेन थान पार्क हाल चीनमा पूर्ण रुपमा संरक्षित गरिएको त्यति बेला इश्वरको नाममा बली चढाउने गरिएको सबैभन्दा ठूलो वास्तु हो। राम्रो मौसम अनप समाजमा शान्ति र समृद्धिका लागि चीनका विभिन्न वंशका सम्राटहरुले हरेक वर्ष त्यहाँ इश्वरको नाममा बली चढाउने गर्दथे। प्राचीन चीनका सम्राटहरुलाई "थेन च" भनिन्थ्यो। "थेन च" को अर्थ भगवानका छोरा हो। त्यसैकारण सम्राटहरुले "थेन च"अर्थात इश्वरका छोराको हैसियतले राज्य-व्यवस्था सञ्चालन गर्ने गर्दथे। इश्वरको नाममा बली चढाउनु पनि सम्राटहरुको विशेष अधिकार थियो।