नेपाली भाषा

पैचिंगको कु कोंग दरबार

   

कु कोंग दरबार हाल विश्वमा सम्पूर्ण रुपमा संरक्षित प्राचीन कालका वास्तुहरुमध्यको एक हो। ऐतिहासिक किताबमा लेखिए अनुसार, कु कोंगको निर्माण गर्दा सम्राटले एक लाख कलाकार र दश लाख मजदूरहरु लगाउनुभएको थियो। ती कलाकारहरुले चीनका विभिन्न ठाउँका सामग्रीहरुलाई पैचिंगमा पुर्‍याएका थिए। विशेष गरी, पैचिङदेखि धेरै टाढा पर्ने युन नान प्रान्तमा पाइने सामग्रीहरुलाई पनि मजदूरहरुले बोकेर पैचिंग पुर्‍याएका थिए। यसका अतिरिक्त, कु कोंग दरबारमा अधिकांश मूल्यवान ऐतिहासिक वस्तुहरु रहेका छन। यी ऐतिहासिक वस्तुहरुको संख्या दश लाखभन्दा बढी छ। यी ऐतिहासिक वस्तुहरुको संख्या चीनको ऐतिहासिक वस्तुहरु कूल संख्याको छ खण्डको एक खण्ड छ। गत शताव्दीको असीको दशकमा चीन सरकारले एक सयभन्दा बढी भूमिगत कोठाहरुको निर्माण गरी कु कोंग दरबारका ऐतिहासिक वस्तुहरुलाई भूमिगत कोठाहरुमा सुरक्षित राखेका थियो। कु कोंगको विशिष्ट वास्तु कला चीन राष्ट्रको विकसित सुनौलो सँस्कृतिको प्रतिक बनिसकेको छ। चिनियाँ र विदेशी कलाकारहरुको ठहर अनुसार, पैचिंगको कु कोंग दरबारको डिजाइन र वास्तु-शैली चीनको लामो साँस्कृतिक परम्पराको द्योतक पनि हो। यस दरबारमा पाँच सयभन्दा बढी वर्षअघिका चिनियाँ कलाकारहरुको उच्च कौशलता पनि प्रतिबिम्बित भएको छ। कु कोंग दरबारको निर्माण शुरु भएदेखि हालसम्म 580 भन्दा बढी वर्ष बितिसकेको छ। विशेष गरी, पछिल्ला केही वर्षदेखि कु कोंगको अवलोकन भ्रमण गर्ने पर्यटकहरुको संख्या दिनप्रति दिन बढ्दैगएको देखिन्छ। हरेक वर्ष कु कोंगको अवलोकन भ्रमण गर्ने पर्यटकहरुको संख्या एक करोड जति पुग्ने गरेको छ। कु कोंग दरबरको संरक्षण अझ राम्रोसँग गर्नका लागि गत वर्षदेखि चीन सरकारले क्रमश: कु कोंग दरबारको पूर्ण मरम्मत गर्नथालेको छ। प्राप्त जानकारी अनुसार, यस्तो मरम्मत कार्य बीस वर्षसम्म जारी रहने छ।

चीनको राजधानी पैचिंगको केन्द्रमा एउटा सुनौलो र शानदार प्राचीन वास्तु अवस्थित छ। त्यो वास्तु विश्वप्रख्यात पैचिंग "च चिन पर्खाल" अर्थात् कु कोंग दरबार हो। यो प्राचीन चीनका राजदरबारहरुमध्येको एउटा प्रसिद्ध दरबार क्षेत्र हो। यो वास्तु हाल विश्वमा पूर्ण रुपमा संरक्षित गरिएको प्राचीनकालका काठका वास्तुहरुमध्ये सबैभन्दा ठूलो वास्तु हो। सन् 1987 मा पैचिंगको कु कोंग दरबारलाई "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान