नेपाली भाषा

पैचिंगको कु कोंग दरबार

   

पैचिंग दरबारको निर्माण सन् 1406 मा मिंग वंशका दोस्रो सम्राट चु दीले आदेश दिएअनुसार चौध वर्षको अवधिमा निर्माण गरिएको थियो। सन् 1911 अर्थात् छिंग वंशको अन्त्यसम्मको झण्डै पाँच सय वर्षको अवधिमा जम्मा चौबीसजना सम्राटले यस दरबारमा बसेर राज्य-व्यवस्था सञ्चालन गर्नुभएको थियो। यस्तो ठूलो र सुन्दर दरबार विश्वमा विरलै देख्नपाइन्छ। पैचिंगको कु कोंग दरबारको क्षेत्रफल सात लाख बीस हजार वर्गमिटरभन्दा बढी छ। सो दरबार दक्षिणदेखि उत्तरसम्म एक हजार मिटर जति लामो छ भने पूर्वदेखि पश्चिमसम्म आठ सय मिटर जति चौडा छ। त्यसको वरिपरि दश मिटरभन्दा अग्लो पर्खाल छ। पर्खाल बाहिर पचास मिटर चौडा नदी छ। कु कोंग दरबार सामन्ती समाजको सामाजिक व्यवस्था र राजनैतिक परिपाटी अनुसार निर्माण गरिएको हो। त्यसको वास्तु शैली र विशेषतामा प्राचीन कालको सम्राटको उच्च प्रतिष्ठान र इज्जत प्रतिबिम्बित गरिएको छ। कु कोंग दरबारमा सबैभन्दा अनौठा वास्तु तीनवटा ठूला दरबार अर्थात् थाइ ह दरबार, चोंग ह दरबार र पाओ ह दरबार हुन्। यी दरबारहरु सम्राटले राजनैतिक अधिकारको प्रयोग गर्ने र महत्वपूर्ण समारोहहरुको आयोजना गर्ने मुख्य ठाउँ हुन्। थाइ ह दरबार समस्त कु कोंग दरबारको केन्द्र हो। स्रमाट विराजमान हुने गद्दी पनि सो दरबारमा राखिएको छ। थाइ ह दरबार तीस हजार वर्गमिटर जति ठूलो एउटा चोकको उत्तरी भागमा पर्दछ जुन चालीस मिटर जति अग्लो छ। सो दरबार कु कोंग दरबार क्षेत्रको सबैभन्दा अग्लो दरबार हो। चीनको सँस्कृतिमा नागलाई सम्राटको सर्वोच्च अधिकारको प्रतिक हो। यसै कारण थाइ ह दरबारमा निकै धेरै नागका चित्रहरु कुँदिएका छन। त्यहाँ जम्मा तेह्रवटा नाग छन। कु कोंग दरबारमा प्रशस्त कोठाहरु छन्। सम्बन्धित लेख अनुसार, कु कोंगमा जम्मा 9999.5 वटा कोठा छन। कु कोंगका शानदार वास्तु चिनियाँ श्रमिक जनताको बुद्धि र कुशलताको प्रतिफल हो। समस्त वास्तुको शैली होस् वा विभिन्न कोठाका आकार हरेकमा मनोरञ्जनको विचार स्पष्ट भएको देखिन्छ। कु कोंग दरबारमा पानीको निकास पनि नागको आकार जस्तै छ। तीन तले दरबारमा जम्मा एक हजारभन्दा बढी पानीका निकास छन। ठूलो वर्षा हुँदा ती निकासहरुबाट पानी निस्कँदा धेरै नाग जस्तै निकै सुन्दर देखिन्छ। आगोबाट जोगिनका लागि पनि प्राचीन कालका कलाकारहरुले भिन्नाभिन्नै सोचाइ राखेका थिए। जस्तो भनौं, आगोको प्रतिकारका लागि कु कोंग दरबारका विभिन्न आँगनमा जम्मा 308 वटा ठूला तामाका भाँडा राखिएका छन। आगो निभाउने प्रयोजनका लागि वर्षभरि नै ती भाँडाहरुमा पानी राखिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान