नेपाली भाषा

छिङ वंशका प्रथम सम्राटको समाधिस्थल र टेराकोटा सिपाहीहरु

   

पश्चिमी चीनको सिआन शहरमा रहेको छिङ वंशका प्रथम सम्राटको समाधिस्थल विश्वका सम्राटहरुका समाधिस्थलहरुमध्ये सबैभन्दा ठूलो र विशेषखालको समाधिस्थल हो। त्यस समाधिस्थलमा रहेका टेराकोटा सिपाहीहरु इजिप्टको पिरामिड जत्तिकै प्रशिद्ध छन जसलाई विश्वका आठवटा आश्चर्यमध्ये एक मानिएको छ। छिङ वंशका प्रथम सम्राट चीनको सामन्ती समाजका प्रथम सम्राट थिए। उनी चीनलाई एकिकृत पार्ने प्रथम सम्राट पनि थिए। उनले मुलुकको सामाजिक, आर्थिक तथा साँस्कृतिक विकासका लागि विविध कदम चालेका थिए। यसका साथै उत्तरी भागका अल्पसंख्यक जातिको आक्रमणको प्रतिकार गर्नका लागि उनले लामो पर्खालको निर्माण गर्न लगाए। यसैले उनी चीनको इतिहासमा प्रशिद्ध राजनीतिज्ञ थिए। तर उनी निकै क्रुर थिए र उनले आफ्नो दरबार बनाउनक लागि राज्यको धेरै पैसा खर्च गरेका थिए। उनले मानिसको विचारलाई दबाउनका लागि अनेकन जन-हितविरोधी गतिविधि सञ्चालन गरेका थिए जसका कारण देशमा मानिसहरु त्रस्त थिए र छिङ वंशको शासन-व्यवस्था झन बलियो भएकोजस्तो देखिन्थ्यो। यस बाहेक उनले आफ्नो समाधिस्थल निर्माण गर्नका लागि राज्यको ठूलो रकम लगानी गरेका थिए। त्यस समाधिस्थलको निर्माणका लागि उनले देशभरिका सात लाख मानिसहरुलाई लगाएका थिए। ती मानिसहरुले झण्डै चालिस वर्ष लगाएर सो समाधिस्थलको निर्माण गरेका थिए। त्यस समाधिस्थल चीनको पल्लो सान्सी प्रान्तको सिआन शहरको कछाड क्षेत्रको लि शान पहाडमा अवस्थित छ जसको क्षेत्रफल छपन्न वर्गकिलोमिटर छ। त्यस समाधिस्थल दक्षिणदेखि उत्तरसम्म तीन सय पचास मीटर र पूर्वदेखि पश्चिमसम्म तीन सय पैतालिस मीटर छ। त्यस समाधिको उचाइ छहत्तर मीटर छ। चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलको वरिपरि पाँच सयभन्दा बढी चिहानहरु पत्ता लगाएका छन। ती चिहानहरु त्यस समाधिस्थलको निर्माण गर्ने मानिसहरुको चिहान हुन। ती पूरातत्वविदहरुले समाधिस्थलमा टेराकोटा सिपाहीहरु पनि पत्ता लगाए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान