नेपाली भाषा

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

   

कन्फ्यूससको गुम्बामा चीनका विभिन्न वंशका दुइ हजारभन्दा बढी ढुङ्गे लीपीहरु छन्। त्यो पनि चीनका ठूला लिपी-समूहहरुमध्येको एक हो। यी ढुङ्गे लिपीहरुमध्ये सम्राटद्बारा लेखिएका लीपी मात्र पचासवटा भन्दा बढी छन्। यी लिपीहरुबाट सामन्तवादी समाजमा कन्फ्यूससको उच्च स्थान रहेको कुरा प्रतिबिम्बित हुन्छ।

कन्फ्यूससको भवन कन्फ्यूससको गुम्बा नजिकै छ। त्यो कन्फ्यूससका नातेदारहरु बसोबास गर्ने ठाउँ थियो। त्यो पनि मिंग वंशको राज-दरबार बाहेकको सबैभन्दा ठूलो निवास थियो।

 कन्फ्यूससको भवनको निर्माण बाह्रौं/तेह्रौं शताव्दीमा गरिएको

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

थियो। त्यो सामन्तवादी समाजका कुलीन र भूमिपतिहरुको निवास-भवन थियो। त्यसको क्षेत्रफल झण्डै पचास हजार वर्गमिटर छ। त्यस भवनमा विभिन्न आकारका जम्मा पाँचसय कोठा छन। कन्फ्यूससको भवनको आकार पनि विशेषखालको छ। त्यसको अगाडिको भाग औपचारिक रुपमा काम गर्ने ठाउँ हो भने पछाडिको भाग दैनिक जीवनमा बसोबास आदिका लागि हो। केही कोठाहरुमा मिंग र छिंग वंशको वास्तु-शैली पनि स्पष्ट रुपमा देखिन्छ। कन्फ्यूससको भवनमा अधिकांश मूल्यवान ऐतिहासिक दस्तावेज, विभिन्न वंशका पोशाक र उच्च ऐतिहासिक गुणस्तर सहितका पूरातात्त्विक वस्तुहरु समावेश छन।

कन्फ्यूससको समाधिस्थल कन्फ्यूसस र उहाँका परीवारको निजी समाधिस्थल हो। त्यो हाल विश्वको इतिहासमा सबैभन्दा लामो र सबैभन्दा बढी क्षेत्रफल भएको समाधिस्थल हो। कन्फ्यूससको यस समाधिस्थलमा झण्डै 2500 वर्षसम्म कन्फ्यूससका नातेदारहरुलाई समाधिष्थ गरिंदैआइएको छ। त्यसको क्षेत्रफल बीस हजार

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान