नेपाली भाषा

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

   

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

दक्षिण-उत्तर फैलिएको कन्फ्यूससको उक्त गुम्बा एक हजार मिटरभन्दा लामो छ र त्यसको क्षेत्रफल झण्डै एक लाख वर्गमिटर छ। सो गुम्बामा लगभग पाँच सयवटा कोठा छन्। त्यसको परिधि पैचिंगस्थित कु कोंग दरबारभन्दा मात्र सानो छ जुन प्राचीन चीनमा स्मरण गरिने गुम्बा-वास्तुको उदाहरण हो।

कन्फ्यूससको गुम्बाको वास्तु शैलीमा सामन्तवादी समाजको वास्तुको सर्वोच्च-स्तर अर्थात् राज दरबारको वास्तु-शैली देख्नपाइन्छ। त्यस्तो वास्तु शैली ज्यादै गम्भीर र शानदार देखिन्छ। यसको मध्यदेखि दायाँ र बायाँको भाग समान देखिन्छ। कन्फ्यूससको गुम्बाका नौ तला छन् र मुख्य दरबारमा नौवटा कोठा छन। एक्लो अंकमा नौ सबैभन्दा ठूलो अंक हो। सामन्तवादी समाजमा सम्राटले मात्र "नौ"को प्रयोग गर्नसक्थे। विशेषगरी, वास्तुको पक्षमा सम्राट बाहेक अरु मान्छेले "नौ"को प्रयोग गरेमा त्यस मान्छेलाई सजाय दिइने चलन थियो। तर कन्फ्यूससको गुम्बाको वास्तुमा यो चलनलाई मान्यता दिइएको थिएन। कन्फ्यूससको गुम्बाको मुख्य दरबार अगाडि पाँचवटा ढोका निर्माण गरिएको छ। सामन्दवादी समाजको व्यवस्था अनुसार, राज दरबारमा मात्र पाँचवटा ढोकाको निर्माण गर्नसकिन्थ्यो। पैचिंगमा पर्ने कु कोंग दरबारमा पनि पाँचवटा ढोका छन। कन्फ्यूससको गुम्बामा रहेका पाँचवटा ढोकाबाट सो गुम्बामा सम्राटको सर्वोच्चता पनि समावेश भएको स्पष्ट भएको छ।

कन्फ्यूससको गुम्बामा रहेको मुख्य दरबार तीस मिटर जति अग्लो छ। त्यसको चौडाई पचास मिटरभन्दा बढी छ। दरबारको माथिल्लो भागलाई पहेंला र रङ्गीचङ्गी ईंटद्बारा ढाकिएको छ जुन टाढाबाट हेर्दा ज्यादै सुन्दर र सुनौलो देखिन्छ। कन्फ्यूससको गुम्बालाई "चीनका तीनवटा ठूला प्राचीन दरबारहरुमध्येको एक" मानिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान