नेपाली भाषा

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

   

कन्फ्यूसस विश्वका महान दार्शनिकहरुमध्येका एक हुनुहुन्थ्यो। उहाँ चीनको कन्फ्यूससवादका संस्थापक हुनुहुन्छ। उहाँको स्मरणमा स्थापित गुम्बा, उहाँको निवास र समाधिस्थललाई "कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल" भनिन्छ। चीनको इतिहास र पूर्वी विश्वको साँस्कृतिक इतिहासमा त्यसको आफ्नै उल्लेखनीय स्थान छ।

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थललाई "तीन कन्फ्यूसस" पनि भनिन्छ जुन कन्फ्यूससको जन्मथलो अर्थात् पूर्वी चीनको शान तुंग प्रान्तको छ्यु फु शहरमा अवस्थित छ।

कन्फ्यूससको गुम्बालाई "चीनको प्रथम गुम्बा"भनिन्छ। त्यो चीनमा कन्फ्यूससको स्मरणका लागि सबैभन्दा ठूलो ठाउँ हो। ईशा पूर्व 478 अर्थात् कन्फ्यूससको निधनको दोस्रो वर्ष, लु राज्यका सम्राटले उहाँको जन्मथलोलाई गुम्बाको आकारमा निर्माण गर्नुभएको थियो। त्यसमा कन्फ्यूससका लुगाहरु र उहाँद्बारा प्रयोग गरिने वस्तुहरु राखिएका थिए। त्यहाँ हरेक वर्ष आयोजित गरिने समारोहमा उहाँको स्मरण गरिन्थ्यो। त्यसपछि कन्फ्यूससद्बारा स्थापना गरिएको वाद सम्बन्धी सँस्कृति क्रमश: चीनको परम्परागत सँस्कृतिको रुपमा स्थापित भैसकेको थियो। त्यसपछिका विभिन्न वंशका सम्राटहरुले निरन्तर रुपमा कन्फ्यूससको गुम्बाको विस्तार गरी त्यस गुम्बालाई एउटा ठूलो वास्तुको समूहमा स्थापित गराएका थिए। अठारौं शताव्दीको आरम्भमा छिंग वंशका योंग चंग सम्राटले कन्फ्यूससको गुम्बाको फेरि मरम्मत गर्ने आदेश दिनुभएको थियो। सो आदेश अनुसार, कलाकारहरुले कन्फ्यूससको गुम्बालाई हालको आकार दिएका थिए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान