नेपाली भाषा

लामो पर्खाल

   

"विश्वका सातवटा चमत्कार"मध्येको एक अर्थात् चीनको लामो पर्खाल विश्वमा सबैधभन्दा लामो समयसम्म निर्माण गरिएको र प्राचीन कालको सबैभन्दा ठूलो सैनिक-प्रतिरक्षात्मक संरचना हो। त्यो शानदार पर्खाल चीनमा 7000 हजार किलोमिटरभन्दा लामो छ। सन् 1987 मा लामो पर्खाललाई "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। लामो पर्खालको निर्माण इशा पूर्व नौ दशकमा गरिएको थियो। त्यस बेला चीनको मध्य भागको प्रशासनले उत्तरी भागमा रहेका अल्पसंख्यक जातिहरुको प्रतिरोधका लागि सीमावर्ती क्षेत्रमा रहेका दरबार र सन्देश-बूर्जाहरुलाई पर्खालद्बारा जोडिदिएको थियो। यसबाट लामो पर्खालको निर्माण कार्यको शुरुवात भएको थियो। "छ्वन छ्यौ" र "चान को" को शासन कालमा विभिन्न देशहरु बीच समय-समयमा लडाईं भइरहेकाले ठूला देशहरुले एकले अर्काको प्रतिरोधका लागि सीमा वरिपरिका पहाडलाई जोड्ने गरी लामो पर्खालको निर्माण गरेका थिए। ईशा पूर्व 221 मा चीनका प्रथम सम्राट छिंग श ह्वांगले चीनको एकीकरण गरेर साना-साना देशहरुद्बारा बनाइएका लामो पर्खाललाई जोडेर चीनको उत्तरी भागको सीमावर्ती क्षेत्रमा सशक्त प्रतिरक्षात्मक संरचना तयार पारेका थिए। त्यस बेलाको लामो पर्खाल पाँच हजार किलोमिटरभन्दा लामो थियो। त्यसपछिका चीनका विभिन्न शासकहरुले छुट्टा-छुट्टै रुपमा लामो पर्खालको निर्माण गरेका थिए। यसैले लामो पर्खालको कूल लम्बाइ पृथ्वीको एक चक्रभन्दा बढी छ।

हाल चर्चा गरिने लामो पर्खाल सामान्य रुपमा मिंग वंशमा निर्माण गरिएको लामो पर्खाल हो। त्यो पश्चिमी चीनको कान्सु प्रान्तको च्या यु क्वान नाकाबाट उत्तर-पूर्वी चीनको ल्याऊ निंग प्रान्तको या लु नदीको छेउसम्म फैलिएको छ। लामो पर्खालले चीनका नौवटा प्रान्त, शहर र स्वायत्त प्रदेशलाई जोडेको छ जसकी कूल लम्बाइ 7300 किलोमिटरभन्दा बढी छ। मानिसहरुले त्यसलाई "दश हजार किलोमिटर लामो पर्खाल" भन्नेगरेका छन। लामो पर्खाल प्रतिरक्षात्मक संरचनाका रुपमा रही पहाड, खोला, नदी, मरुभूमि र घाँसे मैदान

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान