नेपाली भाषा

ली च्यांग प्राचीन शहर

   

(चित्र:ली च्यांगमा बग्लने यांग सी नदीको दृश्य)

ली च्यांग प्राचीन शहर प्राकृतिक दृश्य र कलाको राम्रोसँग सम्मिश्रण भएको शहर हो। सन् 1997 को डिसेम्बर महिनामा साँस्कृतिक सम्पत्तिका सम्बन्धित मापदण्ड अनुसार ली च्यांगलाई "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। विश्व सम्पदा परिषद्ले के मूल्यांकन गरेको छ भने: ली च्यांग प्राचीन शहरले प्राचीन कालको दृश्यलाई राम्रोसँग संरक्षित गरेको छ। त्यहाँका वास्तुहरुको पनि आफ्नै विशेषता छ। त्यहाँ विभिन्न जातिको साँस्कृतिक विशेषता मौजुद रहेकाले यो विश्व प्रख्यात छ। ली च्यांग प्राचीन शहरमा पानीको आपूर्ति सम्बन्धी पूरानो प्रणाली पनि संरक्षित राखिएको छ। चारैतिर फैलिएको यस प्रणालीले हालसम्म पनि आफ्नो भूमिका निर्वाह गरिरहेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान