नेपाली भाषा

ली च्यांग प्राचीन शहर

   

ली च्यांग प्राचीन शहरको इतिहास लामो छ र यसको प्राकृतिक दृश्य मनमोहक छ। यहाँ पडाही क्षेत्र र खोला बगिरहेको शहरको दृश्य मिल्दोजुल्दो छ। यहाँ हान, पाई, यी र तिब्बत लगायतका जातिहरुको विशेषता मौजुद रहनुका साथै नासी जातिको आफ्नै विशेषता पनि छ। ली च्यांग प्राचीन शहर चीनको वास्तु-इतिहास र साँस्कृतिक इतिहासको अध्ययनका लागि महत्वपूर्ण सम्पत्ति हो। ली च्यांग प्राचीन शहरमा विभिन्न जातिको परम्परागत सँस्कृति र ना सी जातिको समृद्धि र विकासको नमूना रहेको छ। यो मानव जातिको साँस्कृतिक विकासको अध्ययनका लागि महत्वपूर्ण ऐतिहासिक सामग्री पनि हो।

ली च्यांग प्राचीन शहर

चित्र:ली च्यांग शहरमा रहेका ना सी जातिका बूढीहरु

ली च्यांग प्राचीन शहर

"स फाँग चे" सडक छेउमा बसेको भवन"

 ली च्यांग प्राचीन शहर एउटा ऐतिहासिक र साँस्कृतिक प्रसिद्ध शहर हो। यस शहरमा स्थानीय इतिहास र सँस्कृति तथा जातिको रीतीरिवाज जताततै स्पष्ट देखिन्छ। यस शहरबाट बग्ने खोला, विशेष ढाँचाका वास्तुहरु आदिले बस्नका लागि अनुकुल वातावरण तयार पारेका छन। यस शहर र चीनका अरु ऐतिहासिक-साँस्कृतिक प्रसिद्ध शहरका बीच धेरै फरक छ। ली च्यांग शहरको अर्को महत्वपूर्ण विशेषता अल्पसंख्यक जातिको बसोबास हो। यस शहरले मानव जातिको इतिहासमा शहरको निर्माण र मानव जाति स्वयमको विकासको अनुसन्धानका लागि महत्वपूर्ण र मूल्यवान सामग्री उपलव्ध गराएको छ जुन चीन तथा विश्वकै सम्पत्ति हो।

ली च्यांग प्राचीन शहर

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान