नेपाली भाषा

ली च्यांग प्राचीन शहर

   

ली च्यांग प्राचीन शहर

(चित्र:ली च्यांग प्राचीन शहरको रमणीय दृश्य)

प्राचीन शहरमा रहेको "मु फु" भवन पहिले ली च्यांगका स्थानीय नाइके श्री मुको भवन थियो। त्यसको निर्माण युआन वंशमा भएको थियो। सन् 1998 मा पुन:निर्माण गरिएपछि त्यसलाई "प्राचीन शहरको संग्रहालय" बनाइएको छ। "मु फु" भवनमा ठूला वा साना कोठाहरुको संख्या 162 छ। कोठामा प्राचीन कालका विभिन्न वंशका सम्राटहरुले दिनुभएका बोर्डहरु झुण्ड्याइएका छन। यी बोर्डहरुबाट श्री मुका परीवारको समृद्ध इतिहास प्रतिबिम्बित गरिएको छ।

शहरमा रहेको फु को मन्दिरमा भएको "उ फंग भवन" मिंग वंशमा निर्माण गरिएको थियो। यो भवन बीस मिटर अग्लो छ। यसको आकार उडिरहेका पाँचवटा रङ्गीचङ्गी फिनिक्स जस्तै भएकाले त्यसलाई "उ फंग भवन"अर्थात पाँचवटा फिनिक्स भवन भनिन्छ। भवनका भित्तामा धेरै सुन्दर र कुशल चित्रहरु बनाइएका छन। यस भवनमा हान, तिब्बत र ना सी आदि जातिहरुको वास्तु कलाको शैली पनि समावेश छ जुन चीनको प्राचीन कालको वास्तु कलाको मूल्यवान वस्तु र विशेष उदाहरण हो।

पाइ शा बासिन्दाका वास्तुहरु ली च्यांग प्राचीन शहरदेखि आठ किलोमीटर उत्तरमा अवस्थित छन। त्यो सोंग र युआन वंश कालमा ली च्यांग क्षेत्रको राजनैतिक, आर्थिक तथा साँस्कृतिक केन्द्र थियो। पाइ शा बासिन्दाका वास्तुहरु दक्षिणदेखि उत्तरसम्म फैलिएका छन। त्यसको केन्द्रमा एउटा चोक छ। चारवटा सडक सो चोकबाट चारैतिरसम्म फैलिएको दृश्य ज्यादै विशेषतायुक्त छ। यी वास्तुहरुको विकासले पछि ली च्यांग प्राचीन शहरको कूल वातावरणको जग बसालेको थियो।

शु ह बासिन्दाको वास्तुहरु ली च्यांग प्राचीन शहरदेखि चार किलोमिटर उत्तर-पश्चिमी भागमा पर्दछन। यो ली च्यांग प्राचीन शहरको एउटा सानो बजार पनि हो। त्यहाँ रहेका भवनहरुको आकार ली च्यांग प्राचीन शहरमा पर्ने स फाँग चे सडकका भवनको जस्तै देखिन्छ। वास्तुहरुको बीचबाट छिंग लोंग खोला बगिरहेको छ। मिंग वंशमा निर्माण गरिएको छिंग लोंग पुल त्यो खोलामाथि अझै सुरक्षीत छ। छिंग लोंग पुल ली च्यांगमा रहेको सबैभन्दा ठूलो ढुङ्गे पुल हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान