नेपाली भाषा

ली च्यांग प्राचीन शहर

   

ली च्यांग प्राचीन शहर दक्षिण-पश्चिमी चीनको युन नान प्रान्तको ली च्यांग ना सी जातीय स्वायत्त जिल्लामा पर्दछ। त्यसको स्थापना सोंग वंशको अन्त्य र युआन वंशको आरम्भमा भएको थियो। यो प्राचीन शहर युन नान र क्वै चौ पठार भूमिमा अवस्थित छ र यसको उचाइ समुद्र सतहदेखि दुइ हजार चार सय मिटरभन्दा बढी छ। ली च्यांग शहरको कूल क्षेत्रफल 3.8 वर्ग किलोमिटर छ। त्यहाँ युगौं युगदेखि नै प्रसिद्ध बजार, गाउँ-बस्ती नै थिए। हाल सो शहरमा 6200 भन्दा बढी परीवारको बसोबास रहेको छ भने त्यहाँ जम्मा 25 हजारभन्दा बढी बासिन्दाहरु छन। तीमध्ये प्रायजसो ना सी जातिका मानिसहरु छन। तीस प्रतिशत बासिन्दाहरु गहना बनाउने, कपडा बनाउने र रक्सी बनाउने आदि परम्परागत हस्तकला व्यवसाय र वाणिज्य सम्बन्धी पेशामा संलग्न छन।

ली च्यांग प्राचीन शहर

(चित्र:ली च्यांग प्राचीन शहरका वास्तु कल)

ली च्यांग प्राचीन शहरको पछाडिपट्टि पहाड छ भने त्यसको अगाडिबाट खोला बगिरहेको छ। भुइँमा रातो इंट ओछ्याइएको छ। यी इंटहरु विभिन्न ढाँचाका छन। यीनीहरु शहरको समष्टिगत वातावरणसित ज्यादै मिलेको देखिन्छ। शहरको केन्द्रमा अवस्थित स फाँग चे सडकले ली च्यांग प्राचीन शहरको प्रतिनिधित्व गरेको छ।

ली च्यांग प्राचीन शहर

चित्र:ली च्यांग प्राचीन शहर

ली च्यांग प्राचीन शहर

चित्र:ली च्यांग प्राचीन शहरको केन्द्रमा रहेको पुरानो सडक

ली च्यांग प्राचीन शहरमा ठूला र साना पुलहरुको संख्या जम्मा 354 छ। त्यसको अर्थ के हो भने प्रत्येक वर्ग किलोमिटरमा 93 वटा पुल पर्दछन्। ती पुलहरुको आकार भिन्नाभिन्नै किसिमको छ। तीमध्ये छ्वै पुल, ता श पुल, वान छ्येन पुल, नान मन पुल, मा आन पुल र रन शौ पुल तुलनात्मक रुपमा बढि प्रसिद्ध छन। ती पुलहरु सबै मिंग र छिंग वंशमा निर्माण गरिएका थिए। तीमध्ये स फांग चे सडकदेखि पूर्वतिर एकसय मिटर टाढा पर्ने ता श पुल सबैभन्दा प्रसिद्ध छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान