नेपाली भाषा

चौ खौ तेनको "पैचिंग वन-मान्छे" नामक ऐतिहासिक थलो

   

vचौ खौ तेनको "पैचिंग वन-मान्छे" नामक ऐतिहासिक थलो पैचिंग शहरको दक्षिण-पश्चिमी भागको फांग शान क्षेत्रको चौ खौ तेन गाउँको लोंग कु पहाडमा अवस्थित छ। यो पहाडी क्षेत्र र टार भूमिको संगमस्थल हो। यो ठाउँको दक्षिण-पूर्वमा व्हा पै ठूलो टार भूमि छ भने उत्तर-पश्चिममा पहाडी क्षेत्र छ। त्यस वरिपरिको पहाडी क्षेत्रमा लामो समयदेखि पानीको वहावले गर्दा धेरै ठूला वा साना गुफा बनेका छन्। पहाडमा पूर्वदेखि पश्चिमतिर फैलिएको एक सय चालिस मिटर लामो एउटा प्राकृतिक गुफा छ। त्यसलाई "वन-मान्छे गुफा" भनिन्छ। सन् 1929 मा पहिलो पटक यस गुफामा प्राचीन मानवको अवशेष पत्तो लगाइएपछि यस गुफालाई "चौ खौ तेनको प्रथम स्थल" भनिएको हो।

चौ खौ तेनको "पैचिंग वन-मान्छे" नामक ऐतिहासिक थलो

(चित्र:चौ खौ तेनको "पैचिंग वन-मान्छे" नामक ऐतिहासिक थलो)

चौ खौ तेनको "पैचिंग वन-मान्छे" नामक ऐतिहासिक थलो उत्तरी चीनको प्राचीन महत्वपूर्ण ऐतिहासिक थलो हो। त्यसमध्ये चौ खौ तेनको प्रथम स्थल अर्थात् "पैचिंग वन-मान्छे" नामको ऐतिहासिक थलो सबैभन्दा प्रसिद्ध छ। यो स्थल सन् 1921मा स्विडेनका विद्बानले सर्वप्रथम पत्तो लगाउनुभएको हो। त्यसपछि धेरै विद्बानहरुले यस स्थलको अध्ययन गरेका थिए। सन् 1927 मा क्यानडाका विद्बानले चौ खौ तेनको ऐतिहासिक थलोको औपचारिक रुपमा उत्खनन गर्नुभएको थियो। उहाँले त्यहाँ पत्ता लगाएका वन-मान्छेका तीनवटा दाँतलाई "चीनका वन-मान्छेमध्ये पैचिंगको समूह" भन्ठान्नुभएको छ। सन् 1929 मा चीनका पूरातत्वविदहरुले त्यसको उत्खनन गर्ने क्रममा "पैचिंग वन-मान्छे"को पहिलो खप्पर पत्तो लगाउनुभएको थियो। यस कुराले विश्वमा ठूलो प्रतिकृया सिर्जना गरेको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान