युन कांग ढुङ्गे गुफा

   

युन कांग ढुङ्गे गुफा

युन कांग ढुङ्गे गुफामा भारत र मध्य एशियाको वौद्ध धर्मसँग सम्बन्धित कला चिनियाँ वौद्ध-कलातिर विकसित हुने ऐतिहासिक प्रक्रिया दर्शाइएको छ। त्यस प्रक्रियामा वौद्ध धर्मले चिनियाँ विशेषता हासिल गर्नलागेको अवस्थालाई देखाउन खोजिएको छ। यस अघि कुनै पनि गुफामा यती धेरै प्रकारका बुद्ध मूर्तिहरु देख्नपाइँदैनथ्यो। युन कांग ढुङ्गे गुफाको शैली चीनको वौद्ध धर्म कलाको विकासको मोड-विन्दु बनिसकेको थियो। मो काऊ गुफा र लोंग मन ढुङ्गे गुफामा भएका उत्तर वै वंश-कालका मूर्तिहरुको शैली पनि युन कांग ढुङ्गे गुफाको जस्तै छ।

युन कांग ढुङ्गे गुफा ढुङ्गे गुफा-कलामा चिनियाँ विशेषताको उत्पत्तिको शुरुवात हो। मध्य अवधिमा ढुङ्गे गुफामा उत्पन्न भएको चिनियाँ ढाँचाको दरबार-वास्तु शैली र यस आधारमा विकसित भएको बुद्धका मूर्ति राख्ने चिनियाँ शैलीका खोपाहरु बनाउने तरिकालाई पछिका ढुङ्गे गुम्बाहरुको निर्माणमा विस्तृत रुपमा प्रयोग गरिएको थियो। युन कांग ढुङ्गे गुफाको पछिल्लो अवधिमा ढुङ्गे गुफाभित्र सजाइएका वस्तुहरुबाट चिनियाँ ढाँचाको वास्तु शैली अझ स्पष्ट भएको छ।

युन कांग ढुङ्गे गुफालाई सन् 2001को डिसेम्बर महिनामा "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। विश्व सम्पदा परिषद्ले चीनको वल्लो शान सी प्रान्तको ता थोंग शहरको युन कांग ढुङ्गे गुफालाई पाँचौं शताव्दीदेखि छैठौं शताव्दीसम्मको अवधिमा चीनको वौद्ध धर्मको उत्कृष्ट पाषाण-कलाको प्रतिनिधिका रुपमा मूल्यांकन गरेको छ। विशेष गरी, तीमध्येको "थान याऊ उ खु" भन्ने गुफा, चीनको वौद्ध धर्म कलाको उत्कृष्ट ग्रन्थ नै हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान