नेपाली भाषा

युन कांग ढुङ्गे गुफा

   

युन कांग ढुङ्गे गुफा उत्तरी चीनको वल्लो शान सी प्रान्तको ता थोंग शहरदेखि सोह्र किलोमिटर दक्षिणमा पर्ने उ चौ पहाडको फेदीमा पर्दछ। सो गुफाको निर्माण कार्य उत्तरी वै वंशकालदेखि शुरु गरिएको थियो। सन् 520 देखि 525सम्मको अवधिमा त्यस गुफाभित्र मूर्ति स्थापना गर्ने काम पूरा भइसकेको थियो। पूर्व-पश्चिम फैलिएको सो गुफा एक किलोमिटर लामो छ। सो गुफामा निकै प्रशस्त ऐतिहासिक-पूरातात्त्विक विषयहरु समावेश छन्। त्यहाँ संरक्षित मुख्य गुफाहरुको संख्या हाल 45 छ। त्यसमा मूर्ति राखिने ठूला वा साना खोपाहरुको संख्या 252 छ। त्यहाँ भएका ढुङ्गे मूर्तिहरुको संख्या जम्मा 51 हजारभन्दा बढी छ। ती मूर्तिहरुमध्ये सबैभन्दा ठूलोको उचाइ सत्र मिटर छ भने सबैभन्दा सानो मूर्तीको उचाइ केही सेन्टीमिटर मात्र छ। गुफामा रहेका बुद्ध र अप्सराका मूर्ति साँच्चै जस्ता देखिन्छन र भित्तामा कुँदिएका चित्रहरु पनि रोचक देखिन्छन। त्यस गुफा छिन, हान, स्वै र थांग वंशका विभिन्न शैली र विशेषताको सम्मिश्रण हो। त्यस गुफा कान्सु प्रान्तको मो काऊ गुफा र ह नान प्रान्तको लोंग मन ढुङ्गे गुफा सहित "चीनका तीनवटा ठूला ढुङ्गे गुफा समूह" भित्र पर्दछ। यो गुफा विश्वप्रख्यात पाषाण-कलाका भण्डारहरुमध्येको एक पनि हो।

युन कांग ढुङ्गे गुफामा राखिएका मूर्तिहरु शानदार छन। ती मूर्तिहरुबाट पाँचौं शताव्दीमा चीनको पाषाण-कलाको सर्वोच्च स्तर प्रतिबिम्बित भएको छ। ती गुफाहरुको निर्माण-समयका आधारमा तीनलाई अघिल्लो, मध्य र पछिल्लो गरी तीन अवधिमा विभाजित गरिएको छ। विभिन्न अवधिको पाषाण-कलाको भिन्नाभिन्नै विशेषता छ। अघिल्लो अवधिका मूर्तिहरुमा चीनको पश्चिमी क्षेत्रको गहन शैली देखिन्छ भने मध्य-अवधिका कलामा सुन्दरता थपिएको छ र पहिलेको शैलीमा धेरै सुधार गरिएको छ। त्यसमा उत्तर वै वंश कालको जटिल, परिवर्तित र सुमधुर कला शैली प्रतिबिम्बित भएको छ। पछिल्लो अवधिका मूर्तिहरु साना भए तापनि दुब्ला र सुन्दर देखिन्छन। यो उत्तरी चीनको पाषाण-कलाको नमूना हो। यस बाहेक, ढुङ्गे गुफामा कुँदिएका नाच-गानसँग सम्बन्धित चित्रहरुले पनि त्यस बेला वौद्ध धर्मको प्रसार-प्रचार र उत्तरी वै वंश-कालको सामाजिक जीवनको चित्रण गरेका छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान