नेपाली भाषा

अ मै शान पहाड र ल शान ठूला बुद्ध

   

अ मै शान पहाडलाई "ता क्वांग मिंग पहाड" पनि भनिन्छ। यो पहाड पश्चिमी चीनको स छ्वान प्रान्तको दक्षिणी भागमा पर्दछ। स छ्वान उपत्यका र छिंग हाई-तिब्बत पठार-भूमि जोडिने ठाउँमा अग्ला-अग्ला पहाडहरु छन्। ती पहाडहरुमध्येको सर्वोच्च चुचुरोको उचाइ समुद्र सतहदेखि 3099 मिटर छ। अ मै शान पहाडका रमणीय प्राकृतिक दृश्य र वौद्ध धर्मको पवित्र स्थल भएका कारण सो पहाड विश्वमा प्रख्यात छ। रमणीय प्राकृतिक दृश्य र लामो इतिहास तथा साँस्कृतिक तत्वको राम्रो सम्मिश्रण भएकाले त्यहाँ "विश्वभरिमा अ मै ज्यादै सुन्दर" भन्ने उखान चलेको छ।

अ मै शान पहाडमा धेरै किसिमका प्राकृतिक वस्तुहरु छन्। त्यहाँ नाना प्रकारका जीव-जन्तुहरु छन्। विशेष गरी, बिरलै देखिने वनस्पतिका धेरै किसिम त्यहाँ हुर्किरहेका छन। त्यहाँको सम्पूर्ण भू-भागको 87 प्रतिशत भाग जंगलले ढाकेको छ। त्यहाँ 3200 भन्दा बढी किसिमका उच्चस्तरीय वनस्पति पाइन्छन्। यस संख्याले चीनको वनस्पतिको कूल संख्याका दश खण्डको एक खण्ड स्थान ओगटेको छ। यी वनस्पतिमध्ये अ मै शान पहाडमा मात्र पाइने वा त्यहीं मात्र पत्तो लगाएका वनस्पतिको किसिम एक सयभन्दा बढी छ। यस बाहेक, यो पहाड धेरै किसिमका दुर्लभ वन्य-जन्तुहरुको बसोबास रहेको क्षेत्र पनि हो। यी जनावरहरुको किसिम 2300 भन्दा बढी छ। त्यो विश्वका जीवित वस्तु सम्बन्धी अनुसन्धानको महत्वपूर्ण ठाउँ पनि हो।

अ मै शान पहाड चीनको वौद्ध धर्मका चारवटा प्रसिद्ध पहाड मध्येको एक हो। वौद्ध धर्मको प्रसार-प्रचार, गुम्बाको स्थापना र विकासका कारण अ मै शान पहाड झनै रमणीय बन्दैगएको छ र विश्वमा त्यसको महत्व झन-झन बढ्दैगएको छ। धार्मिक सँस्कृति,

अ मै शान पहाड र ल शान ठूला बुद्ध

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान