नेपाली भाषा

लोंग मन ढुङ्गे गुफा

   

लोंग मन ढुङ्गे गुफा मध्य चीनको ह नान प्रान्तको लो यांग शहरदेखि साढे बाह्र किलोमिटर दक्षिणमा पर्दछ। सो गुफा लोंग मन भञ्ज्याङमा पूर्व-पश्चिम फर्केर दुइ पहाडका बीचमा अवस्थित भएका कारण चीनको थांग वंशपछि सो गुफालाई प्रायजसो "लोंग मन" ढुङ्गे गुफा भनिन्छ। सो गुफा यातायातका महत्वपूर्ण ठाउँमा रहेको, त्यहाँबाट सुन्दर दृश्य देखिने र त्यहाँको मौसम निकै राम्रो भएकाले त्यसलाई कलाकार र लिपीकारहरुका लागि पर्यटनको थलो मानिएको छ। त्यस ठाउँका ढुङ्गा राम्रा भएका कारण प्राचीन कालका मानिसहरुले त्यस ठाउँमा ढुङ्गे गुफा बनाएका थिए।

लोंग मन ढुङ्गे गुफा

लोंग मन ढुङ्गे गुफा कान सु प्रान्तको तुंग व्हांग मो काऊ गुफा र वल्लो शान सीको ता थोंग ढुङ्गे गुफालाई "चीनको ढुङ्गे-कलाका तीनवटा ठूला भण्डार" मानिन्छ। लोंग मन गुफाको निर्माण कार्य सन् 471देखि थालिएको थियो र त्यसलाई पूर्णता दिनका लागि चारसय वर्षभन्दा बढी समय लागेको थियो। हालसम्म त्यस गुफाको इतिहास एक हजार पाँच सय वर्ष लामो भैसकेको छ। लोंग मन ढुङ्गे गुफा दक्षिणदेखि उत्तरसम्म लगभग एक किलोमिटर लामो छ। हाल त्यहाँ संरक्षित ढुङ्गे गुफाहरुको संख्या एक हजार तीन सयभन्दा बढी छ। साना-साना मूर्ति राख्नका लागि गुफामा बनाइएका साना-साना प्वालहरुको संख्या दुइ हजार तीन सय पैतालिस छ। गुफाका भित्तामा कुँदिएका लिपी र अन्य ग्रन्थहरु तीन हजार छ सयभन्दा बढी छन्। गुफामा पचासवटाभन्दा बढी वौद्ध-स्तूपहरु रहेका छन् भने त्यहाँ सन्तानब्बे हजारवटाभन्दा बढी वौद्ध-मूर्तिहरु छन्। लोंग मन गुफाका सबैभन्दा प्रसिद्ध गुफामा पिन यांग गुफा, फंग स्येन गुफा र कु यांग गुफा रहेका छन।

पिन यांग गुफाले उत्तरी वै वंशको प्रतिनिधित्व गरेको छ। त्यस गुफाको निर्माणका लागि जम्मा चौबिस वर्ष लागेको थियो। सो गुफा सबैभन्दा पहिले बनाइएको गुफा पनि हो। गुफामा एघारवटा ठूला वौद्ध-मूर्तिहरु छन्। मध्येमा रहेको मुख्य मूर्ति गौतम बुद्धको मूर्ति हो। त्यो मूर्ति उत्तरी वै वंशको मध्यकालमा ढुङ्गामा कुँद्ने कलाको उत्कृष्ट नमूना हो। गौतम बुद्धको मूर्ति अगाडि दुइवटा बहादुर ढुङ्गे सिंह अवस्थित छन्। मूर्तिका बायाँ र दायाँ दुइजना चेला र दुइजना बुद्ध उभिएका छन। ती मूर्तिहरु वास्तविक जस्ता र निकै शान्दार देखिन्छन। गुफामा धर्म-शास्त्र सुनिरहेका चेलाका मूर्तिहरु पनि कुँदिएका छन। गुफाको माथिल्लो भागमा कुँदिएका अप्सराका चित्रहरु पनि ज्यादै सुन्दर र भव्य देखिन्छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान