सन् 1999 मै महिनामा स्थापित चाइनाडटकम सबैभन्दा पुराना चिनियाँ वेब पोर्टलहरूमध्येको एक हो। हाल पन्ध्र वर्षको अवधिमा, यो चीनमा सबैभन्दा नाफामूलक अनलाइन मञ्च बनेको छ। साथै मुलुकको सबैभन्दा प्रभावशाली अनलाइन मिडिया मध्येको एक भएको छ र कम्तीमा 1 करोड नियमित पाठकहरू रहेका छन्। त्यसमध्ये 82 प्रतिशत शिक्षित र परिपक्व पुरुष छन् जसको उच्च तहका कामको साथै उच्च-आय पनि छ।
यस चाइनाडटकमलाई तीन वटा शाखामा विभाजन गरिएको छ। प्रत्येक शाखाले ग्राहकहरुका लागि विशेष सेवा प्रदान गर्दछ।
1) वायरलेस
2) खेल (गेमिङ्ग)
3) सवारीसाधन (अटो)
यसको सैन्य खण्डले अन्य चिनियाँ वेबसाइटको तुलनामा सबैभन्दा बढी पाठकलाई आकर्षित गर्ने गरेको छ। एउटा सर्वग्राही मिडियाको रुपमा यसले हरेक दिन लगभग 20 वटा विषय या खण्ड जस्तै समाचार, वाणिज्य, मनोरञ्जन, खेलकुद, प्रविधि, यात्रा आदि बारेमा ताजा-ताजा जानकारी तथा सूचना प्रदान गर्दछ।
यो एउटा सामाजिक तथा औद्योगिक प्रभाव दर्शाउने विविध ऐतिहासिक गतिविधिहरु आयोजना गर्ने आयोजकको रुपमा पनि रहेको छ।
सवारीसाधान शाखाले छ पटक कार-डिजाइन प्रतियोगिता सञ्चालन गरिसकेको छ र साथै लगातार छैठौं पटक चिनियाँ सवारीसाधन बजारमाथि विश्वसनीयता विषयक सर्वेक्षण पनि गरेको छ। यी दुवै कार्यक्रमले सवारीसाधन बजारमा खुबै चर्चा बटुलेको पनि थियो।
त्यस्तै खेल शाखाले ठूलास्तरका शिखर मञ्चका साथै लगातार छ वर्षसम्म चिनियाँ ब्राउजर खेलका लागि पुरस्कार समारोहको आयोजना गरिसकेको छ, जुन राष्ट्रव्यापी प्रतिष्ठा बनिसकेको छ। विशेषत छैठौं ब्राउजर खेल सम्मेलन सन् 2013 मा चीन खेल कार्य समिति तथा चच्याङ्ग प्रान्तको चियासिङ्ग शहरको नान्हू जिल्ला सरकारसँग मिलेर संयुक्त रुपमा आयोजना गरिएको थियो। यस सम्मेलनले करिब 1,000 व्यवसायी तथा पत्रकारहरूलाई आकर्षित गरेको थियो। यो यस क्षेत्रका सबै विशेषज्ञलाई एकै थलोमा जमघट गर्न सफल भएको छ।